लोसपा रौतहटको संयोजकमा भरत साह
मङ्गलबार, २० फागुन २०८१, ०९ : १९
रौतहट । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल रौतहटको जिल्ला संयोजकमा भरत साहलाई मनोनयन गरेको छ। लोसपाको अन्तरिम विधान प्रथम संशोधन अनुसार पुरानो जिल्ला संयोजकको स्थानमा भरत साहलाई मनोनयन गरेको हो।
पार्टी केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले एक प्रेस विज्ञप्ति जारी गर्दै साहलाई संयोजकको जिम्मेवारी दिएको जनाएका छन् ।
भरत साह जिल्ला सदरमुकाम गौरका स्थानीय बासी हुन। उनी २०७४ को स्थानीय निर्वाचनमा गौर नगरपालिका १ का वडा अध्यक्षमा निर्वाचित भएका थिए। लोसपाले यसअघि स्थानीय कटहरिया नगरपालिका २ का रामप्रवेश दास तत्मालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : भुईँदेखि भित्तासम्म असरल्ल छरिएका उम्मेदवारका प्रचार सामग्री, तस्बिरहरू
-
मन्त्रालयको संख्या घटाएको सरकारले मन्त्रीका स्वकीयको संख्या ९ पुर्यायो
-
वीरगञ्जको नीति तथा कार्यक्रम : सुशासनयुक्त महानगरमा जोड, नागरिक केन्द्रित सेवा प्रणाली
-
विश्वकप २०२६ः सबै टोलीको दोस्रो खेल सकिँदा के–के भयो अहिलेसम्म ?
-
रास्वपा महाधिवेशन ‘साइड इफेक्ट’ : प्रतिनिधि सभा बैठक सर्यो
-
पार्टी स्थापनाको छोटो समयमै सरकारको नेतृत्व गर्ने कीर्तिमान रास्वपाले बनाएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण