पूर्वआप्रवासीहरूको प्रदेशस्तरीय भेला हुने
झापा । नेपाली कांग्रेसनिकट पूर्वआप्रवासी विभागले फागुन २४ र २५ गते झापामा कोशी प्रदेशस्तरीय बृहत् भेला तथा अन्तरक्रिया गर्ने भएको छ ।
विभिन्न मुलुकमा गएर नेपाल फर्किएका लोकतन्त्रमा आस्था र विश्वास राख्ने समर्थक, शुभेच्छुकहरूलाई समेट्ने अभियान स्वरूप उक्त वृहत् भेला गर्न लागेको हो । झापाको बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा हुने भेलालाई कांग्रेस नेता डा. शेखर कोइरालाले सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रमको तयारी धमाधम भइरहेको विभागका कोशी प्रदेश संयोजक विज्ञान प्रसाईँले जानकारी दिए ।
विदेशदेखि स्वदेश सम्म विषयक दुई दिने कार्यशालामा झापासहित कोशी प्रदेशका १४ वटै जिल्लाहरूबाट सयौँको संख्यामा सहभागी हुने नेपाल तरुण दलका केन्द्रीय सदस्य नेत्र पौडेलको भनाई छ ।
कार्यक्रमको तयारीसँगै नेपाली कांग्रेस झापाले जिल्लास्थित सबै निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र र पालिका समितिहरूलाई लक्षित सहभागीहरूसहित उपस्थित हुन सर्कुलर जारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय तहको पाठ्यक्रम प्रारूप पुनरवलोकन गर्न सुझाव माग
-
२०० करोडको सम्पत्ति शुद्धीकरण मुद्दामा ज्याकलिनले पाइनन् राहत
-
सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित
-
फेवातालमा मनपरी गर्न थालेपछि कास्की प्रशासनकाे १९ बुँदे निर्देशन
-
बागमतीका ५ सहकारीमा २२ अर्बको मागदाबी, ऋण असुली १० करोड पनि पुगेन
-
रास्वपा महाधिवेशन : साढे ७ बजे पहिलो चरणको मत परिणाम घोषणा हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण