राजनीति
एमाले मोरङमा ढकाल टिमको अग्रता, संस्थापनलाई चुनौती
बिहीबार, २२ फागुन २०८१, १६ : ४९
विराटनगर । नेकपा एमाले मोरङको दसौँ अधिवेशनको नयाँ नेतृत्वको लागि बुधवार भएको मतदानको प्रारम्भिक मत परिणाममा इतर पक्ष बलियो देखिएको छ । इतर पक्षबाट अध्यक्षको उम्मेदवार बनेका अजम्बर राईले ५१ मत ल्याउँदा संस्थापन पक्षबाट अध्यक्षको उम्मेदवार राजकुमार ओझाले ४५ मत ल्याएका छन् ।
यस्तै उपाध्यक्षमा इतर पक्षका सागर थापाले ५० मत ल्याउँदा संस्थापनकी शान्तिकुमारी लिम्बूले ४२, सचिवमा इतर पक्षका सोमराज थापाले ४८ मत ल्याउँदा संस्थापन पक्षका रविन थापाले ४५, उपसचिव पदमा इतर पक्षका सन्तोष वान्तवाले ५२, उषा झाले ४५ तथा संस्थापनका इर्जलाल राजवंशीले ४१ ल्याउँदा शिल्पा निराला कार्कीले ४९ मत ल्याएका छन् ।
दिउँसो सभा ३ बजेदेखि मतगणना सुरु भएको हो । यो १ सय मत गन्दाको परिणाम हो । अधिवेशनमा ८८८ मत खसेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०० करोडको सम्पत्ति शुद्धीकरण मुद्दामा ज्याकलिनले पाइनन् राहत
-
सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित
-
फेवातालमा मनपरी गर्न थालेपछि कास्की प्रशासनकाे १९ बुँदे निर्देशन
-
बागमतीका ५ सहकारीमा २२ अर्बको मागदाबी, ऋण असुली १० करोड पनि पुगेन
-
रास्वपा महाधिवेशन : साढे ७ बजे पहिलो चरणको मत परिणाम घोषणा हुने
-
मोरङका १७ पालिकाले ल्याए १७ अर्बको बजेट (कुन पालिकामा कति ?)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण