जेलेन्स्कीले भने-‘हामी शान्ति चाहन्छौं तर देशै सुम्पिन सक्दैनौं’
शुक्रबार, २३ फागुन २०८१, ०० : ४९
काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले शान्ति चोहेको तर, युक्रेनलाई नै सुम्पिने गरी होइन, भनी टिप्पणी गरेका छन् । ब्रसेल्समा सम्बोधन गर्ने क्रममा जेलेन्स्कीले यस्तो टिप्पणी गरेका हुन् ।
उनका अनुसार युक्रेनी अघिकारीहरु आउँदो हप्ता अमेरिकी समकक्षीहरुसँग भेट्ने छन् । जेलेन्स्कीले युरोपेली नेताहरुसँग पूर्ण एवं निष्पक्ष शान्ति स्थापनाका लागि आफुले बताएको जुक्तिलाई समर्थन गर्न आह्वान गरे । जसमा समुद्रमा प्रारम्भिक युद्धविराम तथा नागरिक र उर्जा क्षेत्र लक्षित हवाई बमबारी रोक्नेलगायत छन् ।
उनले सहयोगी नेताहरुलाई धन्यवाद ज्ञापन गर्दै यो पूरा अवधि तथा आउने साता आफुहरुको साथमा रहन आग्रह गरेका छन् । उता, रुसले कुनै पनि शान्ति सम्झौतापछि युक्रेनमा युरोपेली सेना हुन नहुने र त्यो ‘प्रत्यक्ष युद्ध’ हुने बताएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण