भारतमा लडाकु विमान दुर्घटना, पाइलट सकुशल
हरियाणा । हरियाणाको पंचकुलास्थित पहाडी क्षेत्र मोर्नीको बलदवाला गाउँ नजिकै भारतीय वायुसेनाको एक लडाकु विमान दुर्घटनाग्रस्त भएको छ। विमान दुर्घटना हुनुभन्दा पहिले पाइलटले भने प्यारासुटबाट हाम फालेर आफ्नो ज्यान बचाएका छन्।
लडाकु विमान पूर्ण रूपमा जलेको छ । दुर्घटनाका तस्बिरहरुमा विमानका टुक्राहरू वरिपरि छरिएको देख्न सकिन्छ।
लडाकु विमान दुर्घटना भएको थाहा पाउने बित्तिकै स्थानीय मानिसहरू घटनास्थलमा पुगेर पाइलटलाई उद्धार गरेका। घटनाको जानकारी पाउने बित्तिकै प्रहरी पनि घटनास्थलमा पुगेका छ।
घटनाको बारेमा भारतीय वायुसेनाले ट्विटरमा एक पोस्ट गर्दै जगुआर विमान आज नियमित प्रशिक्षण उडानको क्रममा प्रणालीमा खराबीका कारण दुर्घटनाग्रस्त भएको जानकारी दिएको छ। पाइलट सुरक्षित रूपमा बाहिर निस्कनु अघि विमानलाई आवासीय क्षेत्रबाट टाढा लगेको वायुसेनाको भनाई छ ।
वायुसेनाले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धानको आदेश दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
-
कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
-
रास्वपा मोरङ सभापतिमा कँडेलको फराकिलो अग्रता
-
चार हजार दुई सय बढी वडामा रास्वपाको अधिवेशन सम्पन्न
-
रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
-
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण