पहिलो खेलमा नामिबियासँग हार्यो नेपाल
काठमाडौँ । चार देशीय महिला टी–२० शृङ्खला ‘वुमन्स डे टी–२० कप’को पहिलो खेलमा नेपाल शनिबार नामिबियासँग डकवर्थ लेविस (डी/एल) मेथडका आधारमा ६ विकेटले पराजित भएको छ । वर्षाका कारण १५ ओभरमा छोट्याइएको खेलमा नामिबियाले पाएको ७१ रनको लक्ष्य मात्र ४ विकेटको क्षतिमा पछ्याएको हो ।
नामिबियाको जितमा मेकेलाये एमवाटिलेले सर्वाधिक २६ रनको योगदान दिइन् । उनले ३ चौका प्रहार गरिन् । त्यस्तै, जुरिएन डिएरगार्डटले नट आउट रहेर १३ रन बनाउँदै टोलीलाई जित दिलाइन् । नेपालका लागि पूजा महतो, कविता जोशी, इन्दु वर्मा र ईश्वरी विष्टले एक–एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ९२ रन बनाएको थियो ।
नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक १८ रन जोडिन् । उनले ११ बलमा ४ चौका प्रहार गरिन् । त्यस्तै, ईश्वरी विष्टले नटआउट रहँदै १४ बलमा १७ रनको योगदान दिइन् । उनले २ चौका हिर्काइन् । कविता जोशीले ३१ बलमा १६ रन तथा पूजा महतोले २० बलमा १३ रन बनाइन् ।
खेलमा नेपाले १५ रन अतिरिक्त प्राप्त गरेको थियो । नामिबियाका लागि मेकेलाये एमवाटी र विक्ला एमवाटीले ३–३ विकेट हात पारे । त्यस्तै, केलिन ग्रिनले दुई विकेट तथा जुरिएन डिएरगार्डटले १ विकेट लिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अष्ट्रेलियाले बिनायो टर्कीबिरुद्ध २ गोलको अग्रता
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण