इटालियन सिरी’ए : एटलान्टाको फराकिलो जित, युभेन्ट्स हार्यो
सोमबार, २६ फागुन २०८१, ०५ : १४
काठमाडौं । इटालियन सिरी’एमा एटलान्टाले फराकिलो जित निकाल्दा नापोली, बोलोग्ना र एएस रोमाले सामान्य जित हासिल गरेका छन् । आइतबार राती एटलान्टटाले युभेन्ट्सलाई ४-० गोल अन्तरले हरायो ।
एटलान्टालाई विजयी गराउन मातेओ रेतेगुई, मार्टन डी रुन, डेभिड जाप्पाकोस्टा र एडेमोला लुकम्यानले एक-एक गोल गरे । योसँगै एटलान्टा ५८ अंक जोडेर तेस्रो स्थानमा कायम छ ।
यस्तै, अन्य खेलमा दोस्रो स्थानको नापोलीले फायोरेंटिनालाई २-१ ले हराउँदा एएस रोमाले इम्पोलीलाई १-० ले हरायो । यस्तै, बोलोग्नाले हेलस भेरोनालाई २-१ ले स्तब्ध तुल्यायो । २८ औं चरणको एक खेल बाँकी हुँदा इन्टर मिलान ६१ अंकका साथ शीर्ष स्थानमा छ भने नापोलीको ६० अंक छ । युुभेन्ट्सभने ५२ अंकका साथ चौथो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
असार १ गतेदेखि चिया उद्योग बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण