ह्वाइट हाउसबाहिर हतियारधारी व्यक्तिमाथि गोली प्रहार
सोमबार, २६ फागुन २०८१, ०६ : १९
वासिङ्टन डिसी । आइतबार बिहान ह्वाइट हाउस बाहिर ‘सशस्त्र भिडन्त’ मा एक व्यक्तिलाई गोली हानी मारिएको अमेरिकी गुप्तचर सेवाले एक विज्ञप्तिमा जनाएको छ।
विज्ञप्तिमा स्थानीय प्रहरीलाई इन्डियानाबाट वासिङ्टन डीसीको यात्रा गरिरहेको एक जना व्यक्ति ‘आत्मघाती’ हुनसक्ने’ भन्ने गोप्य सूचना प्राप्त गरेको बताइएको छ ।
सूचनाको आधारमा अधिकारीहरू विवरणसँग मेल खाने व्यक्तिको नजिक पुगेका थिए । ती व्यक्तिसँग हतियार रहेको पाएपछि गोलाबारी भएको थियो । गुप्तचर सेवाले उक्त व्यक्ति अहिले ‘अज्ञात’ अवस्थामा अस्पतालमा रहेको बताएको छ।
यद्यपि, यो घटना हुँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने ह्वाइट हाउसमा उपस्थित थिएनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण