विदाको दिनलाई समेत सरकारी काममा उपयोग गर्ने प्रदेश सरकारको निर्णय
काठमाडौं– कर्णाली प्रदेश सरकारले शनिवार विदाको दिनलाई समेत सरकारी काममा उपयोग गर्ने भएको छ । आज वसेको मन्त्रिपरिषद वैठकले अबदेखि मन्त्रिपरिषदको नियमित वैठक हरेक साताको शनिबार वस्ने निर्णय गरेको हो । सरकारकी प्रवक्ता विमला केसीले सरकारका मन्त्रीहरु नै जनताको अधिकतम सेवामा लाग्नुपर्छ भन्ने मान्यताका साथ मन्त्रिपरिषदको नियमित वैठक शनिबार विदाको दिन वस्ने निर्णय गरेको जानकारी दिइन् ।
यस्ता छन् प्रदेश सरकारले गरेका अन्य निर्णयहरुः
गाउँसभा र नगरसभाको कार्यसंचालन सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक २०७५ को मस्यौदा प्रदेशसभामा पेश गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने ।
जिल्ला सभाको कार्यसंचालन सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक २०७५ को मस्यौदा प्रदेशसभामा पेश गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको कर्णाली प्रदेश खर्च मापदण्ड निर्देशीका २०७५ स्वीकृत गर्ने ।
प्रदेश सार्वजनिक व्यवस्था तथ संचालन सम्वन्धि विधेयक २०७५, प्रदेश विद्युत विकास, उत्पादन र व्यवस्थापन सम्वन्धि विधेयक २०७५ र प्रदेश सवारी तथा यातायात व्यवस्था सम्वन्धि विधेयक २०७५को मस्यौदा तर्जुमाका लागि भौतिक पुर्वाधार विकास मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गर्ने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
-
बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
-
कञ्चनपुर जिल्ला अदालत : मुद्दा फछ्र्यौटमा सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण