एयरटेलपछि अम्बानीको जियो र मस्कको स्पेशएक्सबिच भयो सम्झौता
बुधबार, २८ फागुन २०८१, १२ : १५
नयाँ दिल्ली । भारतीय अर्बपति व्यापारी मुकेश अम्बानीको रिलायन्स जियो र अमेरिकी खर्बपति व्यापारी एलन मस्कको स्पेशएक्सबिच सम्झौता भएको छ ।
भारतमा स्टारलिंक हाई–स्पीड स्याटेलाइट इन्टरनेट भित्र्याउन यो सम्झौता भएको हो । स्पेशएक्सले एयरटेलसँग यस्तै खालको सम्झौता गरेको भोलिपल्ट यो सम्झौता भएको हो ।
स्पेसएक्सले भारतमा स्टालिन्क सेवाहरू प्रदान गर्न केन्द्र सरकारबाट स्वीकृति पाएपछि मात्रै सम्झौता कार्यान्वयन हुनेछ । भारतमा आफ्ना ग्राहकहरूलाई स्टारलिंक ब्रॉडब्यान्ड इन्टरनेट सेवाहरू प्रदान गर्न स्पेसएक्ससँग सम्झौताको घोषणा गरेको जियोले एक प्रेस विज्ञप्तिमा भनेको छ ।
दूर दराज वा ग्रामीण क्षेत्रमा इन्टरनेट पुर्याउन यो उत्तम विकल्प हुनेछ । गएको वर्ष अम्बानी र मस्कबिच भारतको स्याटलाइट ब्रोडब्यान्ड मार्केटका लागि प्रतिस्पर्धा देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण