नामिबियासँग केही लागेन नेपालको, २३ रनले हार्यो
काठमाडौँ । वुमन्स डे महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत बुधबार खेलिएको आफ्नो चौथो खेलमा पनि नेपाली टोली पराजित भएको छ । नामिबियाले नेपाललाई २३ रनले हराएको हो । शृंखला युगान्डामा सञ्चालन भइरहेको छ ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय २५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय दुई रनमात्र बनाउन सक्यो ।
जारी शृंखलामा हालसम्म चार खेल खेलेको नेपालले एक जित र तीन हारको नतिजा निकालेको छ । जारी शृंखलामा यसअघि पनि नेपाली टोली नामिबियासँग ६ विकेटले पराजित भएको थियो । नेपाली टोलीले एक खेलमा भने आयोजक युगान्डालाई एक विकेटले हराएको थियो ।
नेपालका लागि ओपनर साना प्रविनले ३१ रनको योगदान गरिन् । उनले यही शृंखलामार्फत सिनियर राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेकी हुन् । साना प्रविनले जिम्मेबारीपूर्वक ब्याटिङ गर्दै ३७ बलमा एक चौका पनि हिर्काइन् ।
अर्की ओपनर सम्झना खड्का भने दुई रनमै पेभेलियन फर्किएकी थिइन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएकी पूजा महतोले १५ रन बटुलिन् । उनले १४ बलमा दुई चौका पनि प्रहार गरिन् । कप्तान इन्दू बर्मा पनि १५ रन बनाउँदै आउट भइन् । उनले १५ बलमा एक चौका हिर्काइन् ।
पाँचौँ नम्बरमा क्रिज समाल्न आएकी अनुभवी खेलाडी रुविना क्षेत्री पनि सात रनभन्दा अगाडि बढ्न सकिनन् । कविता जोशीले अविजित १७ रन र ममता चौधरीले अविजित आठ रन बनाए । नेपालले अतिरिक्त रुपमा सात रन पायो । नामिबियाकी बलर एभेलिना केजारुकुवाले दुई विकेट लिइन् ।
त्यसअघि, पहिले ब्याटिङको निम्तो पाएको नामिबियाका लागि यासमिन खानले सर्वाधिक ४५ रनको योगदान गरेकी थिइन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएकी विकेटकिपर ब्याटर यासमिनले ४४ बलमा पाँच चौका हिर्काइन् ।
ओपनर सुने विट्मनले १५ रन बटुलिन् । टोलीकी कप्तानसमेत रहेकी विट्मनले १२ बलको सामना गरी एक छक्का र दुई चौका पनि हिर्काइन् । अर्की ओपनर काइलिन ग्रिन आठ रन बनाउँदै पेभेलियन फर्किइन् ।
विल्का एमवातिलेले पनि टोलीको खातामा २० रन थपिन् । उनले २३ बलको सामना गरी एक चौका पनि हिर्काइन् । जुरिएन डिरगार्टले पनि १२ बलमा दुई चौकाको मद्दतले अविजित १६ रन बटुलिन् । नामिबियाका अन्य ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन् ।
नामिबियाले अतिरिक्त रुपमा ११ रन पायो । नेपाली टोलीकी बलर इश्वरी बिष्टले तीन विकेट लिइन् । उनले चार ओभरमा ४० रन खर्चिइन् । रचना कुमारी चौधरीले पनि दुई विकेट हात पारिन् । रिया शर्मा र इन्दू वर्माले पनि एक–एक विकेट लिए ।
जारी शृंखलामा नामिबियाले पनि आफ्नो चौथो खेल खेलेको हो । नामिबियाको यो दोस्रो जित हो । दुई खेलमा भने नामिबिया पराजित भएको थियो । शृंखलामा नेपाल, युगान्डा, नामिबिया र हङ्कङ सहभागी छन् । चारवटै टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन् । त्यसपछि तालिकाको शीर्ष स्थानमा रहने दुई टोलीबिच फाइनल खेल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अष्ट्रेलियाले बिनायो टर्कीबिरुद्ध २ गोलको अग्रता
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण