असन्तुष्टिको आगोमा घिउ तप्ने काम भएको छ : गगन थापा
नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नागरिकमा रहेको असन्तुष्टिलाई सम्बोधन गर्नुपर्ने बताएका छन् । नवलपरासी क्षेत्र नं. २ ‘क’ को प्रदेश सभा क्षेत्रीय सम्मेलनलाई बुधबार सुनवलमा सम्बोधन गर्दै महामन्त्री थापाले मानिसहरूमा किन असन्तुष्टि छ भनेर पहिला बुझ्नुपर्ने बताए ।
‘असन्तुष्टिले गर्दा मानिसहरूमा आक्रोशको आगो बलेको छ । त्यो आगोमा एकथरी मानिस घिउ थप्न चाहन्छन्’, उनले भने, ‘त्यो घिउ थप्ने को हो ? भन्ने छाडौँ । असन्तुष्टि किन छ भन्ने बुझियो भने असन्तुष्टिलाई कम गर्न सकिन्छ ।’
महामन्त्री थापाले आक्रोशको आगो निभाउन सकिने पनि बताए । ‘आक्रोशको आगो निभाइयो भने त्यो घिउ बोकेर जो आएको छ त्यो घिउ आफ्नै अनुहारमा दलेर बस्छ वा खान्छ । त्यसैले अहिले कांग्रेसले निर्वाह गर्ने धर्म भनेको उठेको असन्तुष्टिलाई सम्बोधन गर्नुपर्छ’, थापाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
-
मरिणमा असारे भाका र हलगोरुसहित धान रोपाइँ, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण