होली पर्व पारेर फिल्म ‘कुम्भ’ निर्माण घोषणा

काठमाडौँ । फिल्म ‘कुम्भ’ निर्माण घोषणा भएको छ।
होली पर्वको अवसर पारेर निर्माण युनिटले फिल्मको एक पोस्टर पनि सार्वजनिक गरेको छ । लामो समयदेखि म्युजिक भिडियो निर्देशन तथा फिल्म छायांकनमा सक्रिय रणधीर श्रेष्ठले फिल्मको निर्देशन गर्दैछन् । उनको यो डेब्यु फिल्म हो ।
एक्सन जनारामा बन्ने ‘कुम्भ’ को फस्टलुक पोस्टरमा केही मुख्य पात्रलाई स्थान दिइएको छ । एक जना मुख्य पात्र घोडामा सवार छन् । फिल्ममा अशोक आर्यन, सुनिल थापा, सुशील पोखरेल, अफ्सना थापा र रोहित रुम्बा छन् ।
फिल्मका लागि मुख्य अभिनेत्रीको भने खोजी भइरहेको निर्माण टिमले जनाएको छ। चैतको दोस्रो सातादेखि फ्लोरमा जाने फिल्ममा श्रेष्ठकै छायांकन र सम्राट बस्नेतको द्वन्द्व रहनेछ । श्रेष्ठ र राजेश साह निर्माता रहेको फिल्मका सहनिर्माता ध्रुवराज पराजुली हन् ।
ईश्वर बल्लभ उप्रेती फिल्मको कार्यकारी निर्माता रहनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म