होली पर्व पारेर फिल्म ‘कुम्भ’ निर्माण घोषणा
काठमाडौँ । फिल्म ‘कुम्भ’ निर्माण घोषणा भएको छ।
होली पर्वको अवसर पारेर निर्माण युनिटले फिल्मको एक पोस्टर पनि सार्वजनिक गरेको छ । लामो समयदेखि म्युजिक भिडियो निर्देशन तथा फिल्म छायांकनमा सक्रिय रणधीर श्रेष्ठले फिल्मको निर्देशन गर्दैछन् । उनको यो डेब्यु फिल्म हो ।
एक्सन जनारामा बन्ने ‘कुम्भ’ को फस्टलुक पोस्टरमा केही मुख्य पात्रलाई स्थान दिइएको छ । एक जना मुख्य पात्र घोडामा सवार छन् । फिल्ममा अशोक आर्यन, सुनिल थापा, सुशील पोखरेल, अफ्सना थापा र रोहित रुम्बा छन् ।
फिल्मका लागि मुख्य अभिनेत्रीको भने खोजी भइरहेको निर्माण टिमले जनाएको छ। चैतको दोस्रो सातादेखि फ्लोरमा जाने फिल्ममा श्रेष्ठकै छायांकन र सम्राट बस्नेतको द्वन्द्व रहनेछ । श्रेष्ठ र राजेश साह निर्माता रहेको फिल्मका सहनिर्माता ध्रुवराज पराजुली हन् ।
ईश्वर बल्लभ उप्रेती फिल्मको कार्यकारी निर्माता रहनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सदन लामो समय स्थगित गरिएकोमा खुस्बु ओलीको असन्तुष्टि
-
एसियाली खेलकुद छनोट : नेपाली बलरको कसिलाे बलिङ, ओमान ९४ रनमा समेटियो
-
रास्वपा झापाको सभापतिमा ओमनाथ भण्डारी, यस्तो छ नयाँ कार्यसमिति
-
रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण