बुधबार, १४ जेठ २०८२
ताजा लोकप्रिय

राजधानीको शंखमुलस्थित इनारमा खसेका व्यक्तिको उद्धार

शुक्रबार, ०१ चैत २०८१, ११ : २२
शुक्रबार, ०१ चैत २०८१

काठमाडौँ । राजधानीको शंखमुलस्थित इनारमा खसेका व्यक्तिलाई प्रहरीले उद्धार गरेको छ । कैलालीको धनगढी घर भएर शंखमुल बस्ने ४३ वर्षीय सतिस शाहको उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।

विद्यापती मार्ग स्थित स्थानीय उत्तम अर्यालको घरको ३० फिट गहिरो इनारको रेलिङ सफा गर्ने क्रममा शाह इनार भित्र खसेका हुन् । प्रहरी वृत्त बानेश्वरका डीएसपी वीरेन्द्र गोदार नेतृत्वको टिमले उनलाई इनारबाट उद्धार गरेर सिभिल अस्पतालमा पठाएको छ । इनार सफा गर्ने क्रममा ढकन फुटेर शाह इनारमा खसेको एसपी बोहराले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप