राजधानीको शंखमुलस्थित इनारमा खसेका व्यक्तिको उद्धार
शुक्रबार, ०१ चैत २०८१, ११ : २२
काठमाडौँ । राजधानीको शंखमुलस्थित इनारमा खसेका व्यक्तिलाई प्रहरीले उद्धार गरेको छ । कैलालीको धनगढी घर भएर शंखमुल बस्ने ४३ वर्षीय सतिस शाहको उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
विद्यापती मार्ग स्थित स्थानीय उत्तम अर्यालको घरको ३० फिट गहिरो इनारको रेलिङ सफा गर्ने क्रममा शाह इनार भित्र खसेका हुन् । प्रहरी वृत्त बानेश्वरका डीएसपी वीरेन्द्र गोदार नेतृत्वको टिमले उनलाई इनारबाट उद्धार गरेर सिभिल अस्पतालमा पठाएको छ । इनार सफा गर्ने क्रममा ढकन फुटेर शाह इनारमा खसेको एसपी बोहराले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण