किन आयो अमेरिकी एयरफोर्सको विमान काठमाडौँमा ?
शुक्रबार, ०१ चैत २०८१, १६ : २९

काठमाडौँ । नेपाल आएको अमेरिकी एयरफोर्सको विमान फर्किएको छ । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमान दिउँसो ३ः ३३ मा प्रस्थान गरेको हो । उक्त विमान बिहीबार साँझ काठमाडौँ आएको थियो ।
उक्त विमानमा के थियो भन्ने थाहा छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उक्त विमान कूटनीतिक फ्लाइट गरेको थियो । यसमा अमेरिकी दूतावासका लागि आवश्यक सामाग्री ल्याइएको उनले बताए ।
‘कूटनीतिक फ्लाइट हो, मान्छे आएका होइन । दूतावासको लागि आवश्यक सामानहरू ल्याइएको हो,’ प्रवक्ता शेर्पाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिग बास लिगको ड्राफ्टमा सन्दीपसहित नेपालका पाँच खेलाडी
-
गुल्जार छैन मुग्लिन बजार : निरास भेटिन्छन् व्यवसायीहरू
-
दूर्तमार्गको सुरु बिन्दु डुकुछापमा कायम गराउन माग गर्दै सुझाव प्रतिवेदन हस्तान्तरण
-
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप : तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता
-
प्रधानमन्त्रीदेखि मन्त्रीहरूको विदेश भ्रमणमा लर्को
-
विशेषले सफाइ दिएका दुई मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार