बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

फेदीवन जङ्गलमा ८ थान इजाजत नभएका बन्दुक भेटियो

बुधबार, २७ जेठ २०८३, २३ : ५७
बुधबार, २७ जेठ २०८३

सारांश

  • फेदीवन जङ्गलमा आठ थान इजाजत नभएका बन्दुक बरामद गरिएको छ।
  • वन्यजन्तु चोरी-सिकारी र अपराध नियन्त्रण अभियान अन्तर्गत बन्दुक फेला परेको हो।
  • अवैध बन्दुक राख्नेलाई पाँच वर्षसम्म कैद र रु ५० हजारसम्म जरिवाना हुने व्यवस्था छ।

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको फेदीवन जङ्गलबाट इजाजत नभएका छ थान भरुवा बन्दुक बरामद भएको छ ।

अस्थायी प्रहरी पोस्ट चिमखोलाबाट गएको सुरक्षाकर्मी टोलीले जङ्गलमा लुकाएर राखेको अवस्थामा आठ थान एकनाले भरुवा बन्दुक बरामद गरेको हो ।

प्रहरी निरीक्षक सागर तिमिल्सिनाले वन्यजन्तुको अवैध चोरी–सिकारी र अपराध नियन्त्रणका लागि सञ्चालित ‘ब्राबोसेरा’ अभियानअन्तर्गत बन्दुक बरामद गरेर बेनी ल्याइएको जानकारी दिए ।

विसं २०८२ मङ्सिर १५ गतेदेखि सुरु भएको ‘ब्राबोसेरा’ अभियानमार्फत हालसम्म १५० थान इजाजत नभएका बन्दुक बरामद भएको उनले जानकारी दिए । ढोरपाटन सिकार आरक्ष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र सामुदायिक वनमा वन्यजन्तुको चोरी–सिकारीका साथै आपसी विवाद र झैझगडामा प्रयोग हुने जोखिम भएकाले अवैध बन्दुक बरामद गर्ने अभियान चलाएको प्रहरी नायब उपरीक्षक राजन कार्कीले बताए ।

अवैध बन्दुक बरामद गर्न सञ्चालन भएको अभियानलाई म्याग्दी प्रहरीले ‘ब्राबोसेरा’ नाम दिएको छ । स्थानीयवासीको सूचना तथा सहयोग समेतमा जङ्गल, रूखका टोड्का, खोल्सा, मासिन नबस्ने घर गोठ तथा जमिनमा गाडेको अवस्थामा बन्दुक बरामद गरिएको हो ।

प्रशासनबाट अनुमति लिएर व्यक्तिगत सुरक्षाको प्रयोजनका लागि हतियार राख्न पाउने व्यवस्था छ । प्रशासनबाट इजाजत नलिई हातहतियार राख्नेलाई पाँच वर्षसम्म कैद सजाय र रु ५० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । अवैध बन्दुक बरामद गर्ने अभियान जारी राख्ने र त्यस्ता बन्दुक भएको सूचना उपलब्ध गराउन म्याग्दी प्रहरीले अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप