जीप दुर्घटनामा इन्जिनियरसहित चालकको मृत्यु
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडकमा गए राति पिकअप जीप दुर्घटना हुँदा एक इन्जिनियरसहित सवारी चालकको मृत्यु भएको छ ।
काठमाडौँ दक्षिणकालीबाट करिब ३५ किलामिटर दक्षिण मकवानपुरको माणडु हाइड्रोपावरबाट इपातर्फ जाँदै गरेको सवारी दुर्घटना हुँदा निजगढ–काठमाडौँ द्रुतमार्गमा कार्यरत इन्जिनियर सूर्य यादव र सवारी चालक बोधराज बुढाथोकीको निधन भएको हो ।
जीप अनियन्त्रित भई सडकबाट करिब १०० फिट तल खस्दा त्यसमा सवार बारा जिल्ला पचरौता नपा–७ का इन्जिनियर यादव र सिन्धुली जिल्ला कमलामाई नपा–९ का चालक बुढाथोकीको निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
प्रहरीका अनुसार जीप दुर्घटना भएको जानकारी पाउनासाथ निजगढ–काठमाडौँ द्रुतमार्गको बेस क्याम्पमा खटिएका नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले घटनास्थलबाट उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्याएकामा चिकित्सकले दुवै जनाको मृत्युको घोषणा गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु : अर्थमन्त्री वाग्ले
-
लागुऔषध नियन्त्रणका लागि कानुनी कारबाही मात्र पर्याप्त छैन : पद्मा अर्याल
-
सांसदहरूको हस्तक्षेपले रास्वपा मधेसमा चुलियो असन्तुष्टि
-
कुनै पनि छानबिनको सामना गर्न तयार छु : अर्थमन्त्री वाग्ले
-
खाडी क्षेत्रका अमेरिकी सैन्य अखडामा इरानको आक्रमण
-
एकैदिन सुन प्रतितोला ५ हजार १०० रुपैयाँले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण