शिक्षा
शैक्षिक सत्र सुरु नभई भर्ना खुलाए काठमाडौँ महानगरपालिकाले कारबाही गर्ने
सोमबार, ०४ चैत २०८१, १९ : ४७
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र सुरु नभई भर्ना खुला नगर्न नगराउन विद्यालयहरूलाई सचेत गराएको छ ।
सोमबार मातहतका सबै विद्यालयलाई पत्राचार गर्दै महानगरपालिकाले शैक्षिक सत्र सुरु नभई नियमावली विपरीत भर्ना नगराउन सचेत गराउँदै अन्यथा प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको हो ।
महानगरपालिकाका निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीका अनुसार महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावलीको नियम ४८ को उपनियम ६ मा कसैले पनि शैक्षिक सत्र सुरु नभई भर्ना गराउन नपाउने व्यवस्था छ ।
तर, कतिपय विद्यालयले शैक्षिक सत्र सुरु नहुँदै भर्ना गर्न थालेको जनगुनासोपछि महानगरपालिकाले यस्तो कडाइ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण