महेन्द्र मोरङमा खस्यो २६ सय मत, राति ८ बजेदेखि मतगणना गर्ने तयारी
मङ्गलबार, ०५ चैत २०८१, १८ : ०५
विराटनगर । मोरङ विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा २ हजार ६३१ मत खसेको छ । बिहान ८ बजेबाट सुरु गरिएको मतदान दिउँसो ४ बजेसम्म तय गरिएको थियो ।
उक्त अवधिमा ५ हजार ९८४ जना मतदातामध्ये ४३.९३ प्रतिशतले मात्रै मतदान गरेका हुन् । मतदानमा ३ हजार ६२३ जना विद्यार्थी अनुपस्थित रहे । निर्वाचनका लागि १५ वटा मतदानस्थल बनाइएको थियो ।
निर्वाचनमा प्रत्यक्षतर्फ ७ विद्यार्थी संगठनले उम्मेदवारी दिएका थिए । आजै सर्वदलीय बैठक बसेर राति ८ बजेदेखि मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।
यस्तै विराटनगरको स्नातकोत्तर (डिग्री) क्याम्पसको स्ववियु निर्वाचनमा ३९८ मत खसेको छ । क्याम्पसमा कुल ६२७ विद्यार्थी मतदाता थिए । उता नर्सिङ क्याम्पस विराटनगरमा भने ३३३ विद्यार्थीमा ३१५ जनाले मतदान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शोकमा डुबे फ्रान्सका प्रशिक्षक डेसचाम्प्स, नर्वेविरुद्धको खेलमा अनुपस्थित हुने
-
ललितपुरका वडाहरूलाई ४ करोड रुपैयाँसम्मको बजेट सीमा
-
ललितपुरमा कृषकलाई बहाल कर छुट
-
ललितपुरका ७६ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई वार्षिक १० हजार रुपैयाँ भत्ता
-
यी हुन् रास्वपाको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराउनेहरु (सूचीसहित)
-
‘टाढाको आफन्त भन्दा नजिकको छिमेकी राम्रो’ : चीनले नेपालको सन्दर्भमा दिन खोजेको सन्देश के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण