झापा एफसीमा आबद्ध भए नाइजेरियन स्ट्राइकर अल्हाजी गेरो
काठमाडौँ । चर्चित फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि झापा फुटबल क्लबले विदेशी खेलाडीका रुपमा नाइजेरियका अल्हाजी गेरोलाई टोलीमा अनुबन्ध गरेको छ ।
अल्हाजी गेरो अनुभवी नाइजेरियन स्ट्राइकर हुन् । ल्हाजीको आगमनले आफ्नो टोली थप सशक्त बनेको झापा एफसीका महासचिन सुजन गौतमले जनाएका छन् । अल्हाजीले युरोपियन फुटबलको पनि लामो अनुभव बटुलेका छन् ।
अल्हाजीले स्विडेन, डेनमार्क, इरान, इन्डोनेसिया र भियतनाको शीर्ष डिभिजनको लिगमा विभिन्न क्लबबाट खेलिसकेका छन् । खासगरी, स्विडेनको पहिलो डिभिजनको लिगमा उनले लामो समय खेल्दै उत्कृष्ट प्रदर्शन गरेका छन् ।
उनले स्विडेनको क्लब ओस्टरसन्ड्स एफकेबाट खेल्दै युरोपा लिगमा समेत गोल गरिसकेको झापा एफसीले जनाएको छ । यसका अतिरिक्त, उनले नाइजेरियाको यू–२० राष्ट्रिय टोलीबाट पनि विभिन्न प्रतियोगिता खेलिसकेका छन् ।
‘अल्हाजीको अनुभव र व्यावसायिक खेल शैलीले नेपाली फुटबलमा अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धात्मक भावना विकास गर्न सहयोग पु¥याउने छ । उनको आगमनले झापा एफसीको आक्रमण लाइन अझ सशक्त हुने विश्वास लिएका छौँ,’ महासचिव सुजनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण