१२ पटक विज्ञापन गर्दा पनि आएनन् विज्ञान शिक्षक !
विराटनगर । ओखलढुंगा चिशंखुगडी २ पोखरेको सरस्वती माध्यमिक विद्यालय खानीभञ्ज्याङले १२ पटक विज्ञापन गरेर माग गर्दा पनि विज्ञान शिक्षक अझै नपुगेको जनाएको छ । सो विद्यालयमा माध्यमिक तह तृतीय श्रेणी विज्ञान विषयको शिक्षकको पद गत जेठ महिनाबाटै रिक्त भएको थियो ।
२०८१ जेठ ९ गते विद्यालयका विज्ञान शिक्षक धनबहादुर साउदको बुबालाई क्यान्सर भयो । त्यसपछि उनले आफ्ना बुबाको उपचारको लागि सहज होस् भनेर काभ्रेको मण्डन देउपुर नगरपालिकाको बागदेवी माविमा सरुवा मागे । सरस्वती माविले पनि उनको पारिवारिक अवस्थालाई हेरेर सरुवा दियो ।
त्यसपछि २०८१ असार १८ गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले रिक्त पदमा शिक्षक नियुक्ति प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । सोही अनुसार विज्ञान शिक्षकको माग गरेर विद्यालयले निरन्तर विज्ञापन गरिरहेको छ । तर, दुर्गम भएको कारण कोही पनि नआएको विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर भुजेलले बताए ।
‘स्थायी शिक्षकलाई सरुवा दियौँ । नदिँदा पनि नैतिक संकट भयो । तर, शिक्षक पाइहालिन्छ होला भनेर दियौँ । तर, दुर्गम भनेर अहिले लाइसेन्स भएका कोही पनि शिक्षक आउनु भएको छैन,’ उनले भने । पालिकाको शिक्षा नियमावली अनुसार शिक्षक लाइसेन्स नभएकोलाई पनि शिक्षक नियुक्त गर्न पाउने व्यवस्था थियो । त्यो व्यवस्था अनुसार ३ जना विज्ञान शिक्षकले आवेदन दिए । ‘तर, अख्तियारले लाइसेन्स नभएकोलाई नियुक्त नगर्नु भनेर पत्र पठाएपछि उहाँहरू पनि फर्किनु भयो,’ भुजेलले भने, ‘अब १२ औँ विज्ञापनमा पनि आएका छैनन् । १३ औँ विज्ञापन गर्नुपर्ने अवस्था छ ।’ विद्यालयले प्राविधिक धारमा पनि कक्षा सञ्चालन गरिरहेको छ । प्राविधिक धारमा ४६ जना विद्यार्थी छन् । अर्कोतर्फ ४ सय ३ जना विद्यार्थी छन् । विज्ञान शिक्षक नभएको कारण बालीविज्ञानका शिक्षकहरूले उनीहरूलाई पढाइरहेको उनले बताए ।
सरकारले दरबन्दीमा स्थायी नियुक्तिको प्रक्रिया अगाडि नबढाएसम्म करारमा शिक्षकहरू नआउने सम्भावना बढेको भुजेलले बताए । ‘राहत र संघीय अनुदानमा आउन खोज्नेहरू धेरै छन् । करारमा जागिर गइहाल्छ भनेर नआउने देखियो । यसको समाधान स्थायी नियुक्तिबाटै हुनुपर्छ,’ उनले भने । प्राविधिकका शिक्षकलाई आन्तरिक स्रोतबाट थप गरेर पढाउन लगाइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
-
६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
-
डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन
-
कङ्गोमा एक हजारभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
-
इरान युद्धलाई असफल ठान्छन् अधिकांश अमेरिकी
-
पौवादुङमा गाउँपालिकाले बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण