८० करोड रुपैयाँमा बिक्यो विश्वकै सबैभन्दा महँगो कुकुर
काठमाडौँ । भारतका एक कुकुरको ब्रिडर (प्रजनक) ले वास्तविक ब्वाँसो र कौकेसियन सेफर्डको अनौठो क्रस खरिदका लागि ५.८१ मिलियन डलर (करिब ८० करोड नेपाली रुपैयाँ) खर्च गरेका छन् । योसँगै यो विश्वकै सबैभन्दा महँगो कुकर बनेको छ ।
‘काडाबम्ब ओकामी’ नाम दिइएको उक्त कुकुरलाई अमेरिकामा ब्रिड गरिएको थियो । यसलाई इन्डियन डग ब्रिडर्स एसोसिएसनका अध्यक्षसमेत रहेका बैंगलुरुका एस सतिशले खरिद गरेका हुन् ।
सतिशसँग १५० वटा भन्दा बढी कुकुरको प्रजाति रहेको बताइएको छ । यसमा विश्वका दुर्लभ प्रजातिहरू रहेका छन् । भारतीय सञ्चारमाध्यमसँग कुराकानी गर्दै उनले ‘काडाबम्ब ओकामी’ का लागि ५.८१ मिलियन डलर खर्च गर्नु उपयुक्त भएको बताए । यो कुकुर मात्र ८ महिनामा ७५ केजी पुगेको छ भने ३० इन्च यसको उचाइ रहेको छ ।
‘यो निकै दुर्लभ प्रजाति हो । यो ठ्याक्कै ब्वाँसो जस्तै देखिन्छ । यो प्रजाति यसअघि विश्वमा बिक्री भएको थिएन,’ सतिशले भने, ‘म धेरै पैसा खर्च गर्छु किनभने यिनीहरू दुर्लभ हुन्छन् । मानिसहरू यसलाई हेर्न उत्साहित हुने भएकाले मैले यसबापत पैसा पनि पाउँछु ।’
सात हेक्टरमा फैलिएको आफ्नो सम्पत्तिमा १५० वटा भन्दा बढी कुकुरका प्रजातिहरू पालेर राखेका छन् । उनले भारत भरका विभिन्न कार्यक्रममा यस्ता दुर्लभ कुकुरहरू लिएर जान्छन् जसका लागि उनले ३ हजार देखि १२ हजार डलरसम्म प्राप्त गर्छन् । उनी कर्नाटकका फिल्म प्रिमियरहरूमा पनि कुकुर लिएर पुग्ने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण