प्राधिकरण र निगममा भएको नियुक्तिबारे छानबिन गर्न रास्वपाको माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक र नेपाल वायुसेवा निगमको अध्यक्ष नियुक्तिमा भएको भ्रष्टाचार भएको जिकिर गर्दै छानबिनका लागि समिति बनाउन माग गरेका छन्।
सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्।
उनले नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले सार्वजनिक लेखा समितिमा पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्रीबाट भ्रष्टाचार भएको स्वीकार गरेकाले छानबिन गर्न समिति बनाउनुपर्ने बताए।
सांसद खनालले सो कुरा पूर्वप्रधानमन्त्री झलनाथ खनालले समेत स्वीकार गरेको उल्लेख गरे। उनले अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको क्षेत्राधिकारभित्रको विषय अर्को समितिमा छलफल हुने तर यो समितिमा हुन नसकेको गुनासो गरे ।
उनले भने, ‘त्यो विषय अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको क्षेत्राधिकार भित्रको विषय हो। त्यसैले समिति बनाए छानबिन गर्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण