एकै दिन दुई युवतीसँग बिहे गरेपछि बेहुला फरार
लखनउ । एकै दिन दुई युवतीसँग बिहे गरेपछि बेहुला फरार भएका छन् । यसबारे प्रहरीमा उजुरी परेपछि उनी सम्पर्कविहीन भएको बताइएको छ ।
भारतको उत्तर प्रदेश राज्यको गोरखपुरमा उक्त घटना भएको हो । हरपुर बुदहट क्षेत्रमा एक युवकले एकै दिन दुई युवतीसँग अलगअलग विवाह गरेका हुन् ।
बिहान प्रेमिकासँग ‘कोर्ट म्यारिज’ गरेका उनले बेलुका घर–परिवारले खोजेकी युवतीसँग धार्मिक परम्पराअनुसार विवाह गरेका हुन् ।
बिहान ‘कोर्ट म्यारिज’ गरेकी प्रेमिकाले यसबारे थाहा पाएपछि युवकको घरमै पुगेर आफूहरूको विवाह भइसकेको जानकारी गराएकी थिइन् । युवकका परिवारले ती युवतीलाई गालीगलौज गरेर त्यहाँबाट लखेटेका थिए ।
त्यसपछि ती युवती प्रहरी कार्यालयमा पुगेर घटनाबारे जानकारी गराइन् । प्रेमिकाका अनुसार उनीहरूबिच चार वर्षअघि चिनजान भएको हो । बिस्तारै आपसमा प्रेम सम्बन्ध बनेको र मन्दिरमा विवाहसमेत गरिसकेको ती युवतीको दाबी छ ।
त्यसपछि ‘लिभ इन’ मा आफूहरू रहेको र यसबिचमा दुई पटक गर्भ बसेको तर प्रेमीकै आग्रहमा गर्भपात गराएको उनको जिकिर छ ।
प्रेमीको परिवारले उसको विवाह अन्यत्र गरिदिन खोजेपछि ‘कोर्ट म्यारिज’ गरेको ती युवतीले बताएकी छन् । तर कोर्ट म्यारिज गरेकै रात युवकले घर–परिवारको सल्लाहमा अर्को केटीसँग विवाह गरेको आरोप उनले लगाएकी छन् ।
गोरखपुरका एसपी जितेन्द्र कुमार श्रीवास्तवले यसबारे उजुरी आएको पुष्टि गरेका छन् । आरोपित युवकलाई छलफलका लागि बोलाइएको तर उनी यसबिचमै फरार भएको श्रीवास्तवको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण