पदभार गरेपछि हितेन्द्रदेवले भने– न्याय पाएँ
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् ।
मंगलबार साँझ प्राधिकरणमा पुगेर नवनियुक्त कार्यकारी निर्देशक शाक्यले पदभार ग्रहण गरेका हुन् । प्राधिकरणमा पुग्दा कर्मचारीहरुले शाक्यलाई स्वागत गरेका थिए ।
पदभार ग्रहण गरेपछि शाक्यले आफुले न्याय पाएको बताए ।
यसअघिको आफ्नो योजना अनुसार प्राधिकरणलाई अघि बढाउने उनले बताए । उनले प्राधिकरणभित्र रहेका समस्यालाई सामूहिक रुपमा समाधान गर्ने जिकिर गरे । शाक्यले लोडसेडिङ हुने हल्ला निराधार मात्रै रहेको भन्दै जनताको घरमा अव लोडसेडिङ नहुने स्पष्ट पारे । उनले दुईहप्ताभित्र केहि सकारात्मक नजिता देखिने गरि काम गर्ने उल्लेख गरे । शाक्यले डेडिकेटेड र ट्रंकलाइन बक्यौताका बिषयमा प्रक्रियागत ढंगले समाधान निकाल्ने दावी समेत गरे ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई हटाएर शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अष्ट्रेलियाले बिनायो टर्कीबिरुद्ध २ गोलको अग्रता
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण