पदभार गरेपछि हितेन्द्रदेवले भने– न्याय पाएँ

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् ।
मंगलबार साँझ प्राधिकरणमा पुगेर नवनियुक्त कार्यकारी निर्देशक शाक्यले पदभार ग्रहण गरेका हुन् । प्राधिकरणमा पुग्दा कर्मचारीहरुले शाक्यलाई स्वागत गरेका थिए ।
पदभार ग्रहण गरेपछि शाक्यले आफुले न्याय पाएको बताए ।
यसअघिको आफ्नो योजना अनुसार प्राधिकरणलाई अघि बढाउने उनले बताए । उनले प्राधिकरणभित्र रहेका समस्यालाई सामूहिक रुपमा समाधान गर्ने जिकिर गरे । शाक्यले लोडसेडिङ हुने हल्ला निराधार मात्रै रहेको भन्दै जनताको घरमा अव लोडसेडिङ नहुने स्पष्ट पारे । उनले दुईहप्ताभित्र केहि सकारात्मक नजिता देखिने गरि काम गर्ने उल्लेख गरे । शाक्यले डेडिकेटेड र ट्रंकलाइन बक्यौताका बिषयमा प्रक्रियागत ढंगले समाधान निकाल्ने दावी समेत गरे ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई हटाएर शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकदोहोरी गीत ‘केही भनेकै छैन’ सार्वजनिक
-
नीति तथा कार्यक्रमको कुनै औचित्य छैन : उपेन्द्र यादव
-
कोहलपुर–सुर्खेत प्रसारण लाइनअन्तर्गतको विवाद समाधान गर्न उर्जामन्त्रीको निर्देशन
-
यस्तो छ ‘माइतीघर’ मा ‘माग्ने बुढा’ को लुक्स
-
प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
-
राप्रपा अध्यक्ष लिङ्देनलाई प्रश्न : तपाईं संविधान मान्नु हुन्छ ?