युवकको मुखमा प्रेमिकाको औँला फसेपछि....
बेइजिङ । चीनको जिलिन शहरमा एउटा अचम्मको घटना सार्वजनिक छ । एक जोडी रेस्टुरेन्टमा खाना खाइरहेका थिए । तर ठट्टा गरिरहँदा यस्तो दुर्घटना भयो कि दुवै जना हतारमा अस्पताल जानु पर्यो ।
२५ वर्षीया ली र उनको प्रेमी वाङ रमाइलो भिडियो बनाउँदै थिए । भिडियो च्यालेन्ज पूरा गर्ने क्रममा लीले वाङको मुखमा आफ्नो औँला हालिन् । वाङले पनि मजाक गर्दै औंलालाई हल्का टोके । तर यस क्रममा लीको औँला वाङको मुखमा अड्कियो । बाहिर निकाल्नै सकिएन ।
अडिट सेन्ट्रलको रिपोर्ट अनुसार यो घटना २०२५ को मार्च १८ को हो । ‘हामी त रमाइलोका लागि भिडियो बनाइरहेका थियौँ, तर अचानक उनको औँला मेरो बङ्गारामा अड्कियो । मैले प्रयास गरेँ, तर औँला बाहिर निस्केन ।’ लीलाई पीडा महसुस हुन थाल्यो । वाङको मुख पनि अनौठो तरिकाले अह्रररो भयो । शुरुमा त रेस्टुरेन्टमा भएका सबै जना हाँसे । तर साँच्चै समस्या भएपछि ती जोडीले मद्दत मागे । वातावरण गम्भीर भयो । अन्ततः उनीहरू दुबैलाई नजिकैको अस्पताल लगियो । स्थिति देखेर डाक्टरहरू पनि शुरुमा त हाँसे । तर स्थिति सहज थिएन ।
‘हामीले धेरै अनौठा केसहरू देखेका छौं, तर यो सबैभन्दा अनौठो थियो । औँला बङ्गाराको बीचमा अड्किएको थियो’, जिलिन सिटी अस्पतालका डा. झाङले भने । डाक्टरहरूले शल्यक्रियाका उपकरणहरू प्रयोग गर्नुपर्यो । ३० मिनेटको प्रयासपछि, लीको औँला मुखबाट बाहिर निस्कियो । दुवैलाई सामान्य चोटपटक लागेको थियो तर यो घटना सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
कसैले माइक्रो ब्लगिङ वेबसाइट एक्समा यो घटनाको भिडियो अपलोड गरेको थियो । मानिसहरूले सामाजिक सञ्जालमा यस भिडियोमा निकै रमाइलो कमेन्ट गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण