सालीसँग बिहे गर्न पत्नीको हत्या, यसरी बनेको थियो योजना
नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यको बिजनौरमा एक युवकले सालीसँग बिहे गर्नका लागि आफ्नै पत्नीको हत्या गराएको खुलासा भएको छ ।
२६ वर्षीय अंकितले सन् २०२० मा किरन नाम गरेकी युवतीसँग प्रेम विवाह गरेका थिए । दुवै अहिलेसम्म सन्तानविहीन थिए ।
अंकितले आफ्नै सालीसँग विवाह गर्न चाहेका थिए । तर दिदीको घरबार बिगार्न चाहन्नँ भन्दै अंकितसँग विवाह गर्न मानिनन् । त्यसपछि अंकितले पत्नीको हत्या गर्ने योजना बनाए ।
यस योजनाका लागि उनले सचिन कुमार नाम गरेका साथीको मद्दत लिए । सचिन इको कारका चालक थिए । सचिनले चलाउने कारको ठक्करबाट पत्नीको हत्या गर्ने, हत्यालाई दुर्घटनाको रूप दिएर उन्मुक्ति पाइने र आफूले सालीसँग विवाह गर्न पाउने सोच राखेर अंकितले यस्तो योजना बनाएका थिए ।
मार्च ८ का दिन अंकित आफ्नी पत्नी किरनलाई बाइकमा राखेर निस्किए, जहाँ उनले सचिनलाई पहिला नै बोलाइसकेका थिए ।
पेट्रोल पम्प नजिकै पुगेपछि उनले पेट्रोल हालेर आउँछु भन्दै पत्नीलाई बाइकबाट उत्रिएर केही अगाडि जान भने । पत्नी अगाडि बढेपछि पूर्वयोजना अनुसार उनी पेट्रोल पम्पतिर गए भने सचिनले किनरको पछाडिबाट कार हुइक्याउँदै किरनलाई ठक्कर दिए ।
प्रहरीले उक्त दुर्घटनापछि सीसीटीभी फुटेज निकालेर अनुसन्धान थाल्यो । सडकको पेटीमा रहेकी किरनलाई गाडीले नियोजित रूपमा ठक्कर दिएको आशंका लागेपछि प्रहरीले अनुसन्धान अघि बढायो ।
दुर्घटनामा संलग्न गाडी पहिचान गरेपछि प्रहरीले चालकको खोजी ग¥यो । यस क्रममा चालक र मृतकका पति साथी रहेको तथ्य प्रकाशमा आयो ।
सुरुमा अंकितले आफ्नै साथीमाथि दोष थुपारे । तर सचिनले अंकितकै योजना अनुसार किरनको हत्या गरिएको बयान दिएपछि अंकित र सचिन दुवैलाई नियन्त्रणमा लिएर मुद्दा प्रक्रिया अघि बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण