छत्तीसगढमा भारतीय सुरक्षा बलसँगको भिडन्तमा कम्तीमा १६ माओवादीको मृत्यु

छत्तीसगढ । छत्तीसगढमा भारतीय सुरक्षा बलसँगको भिडन्तमा कम्तीमा १६ माओवादी मारिएका छन् ।
पछिल्ला केही महिनामा सुरक्षा बलले माओवादीविरुद्ध कारबाहीलाई तीव्र बनाएको छ । जसका कारण सयौं माओवादी मारिएका छन् ।
छत्तीसगढको सुकमा जिल्लाको जङ्गलमामा शनिबार झडप भएको प्रहरीले जनाएको छ । माओवादीहरू जंगलमा लुकेर बसेको सूचना पाएपछि सुरक्षाकर्मीले त्यहाँ छापा मारेका थिए । 'हामीले अहिलेसम्म १६ माओवादीको शव फेला पारेका छौं,' सुकमा जिल्लाका प्रहरी प्रमुख पी सुन्दरराजले समाचार एजेन्सी एएफपीलाई भने। यो संख्या बढ्न सक्ने उनको भनाइ छ । सुन्दरराजका अनुसार त्यहाँ ठुलो मुठभेड चलेको थियो ।
सुरक्षा बलले माओवादीबाट ठुलो संख्यामा रकेट र ग्रेनेड लन्चर, असल्ट राइफल र अन्य हतियार बरामद गरेको छ ।
गत वर्ष माओवादीविरुद्ध सुरक्षा बलको कारबाहीमा २८७ माओवादी मारिएका थिए ।
सरकारी तथ्यांकअनुसार सबैभन्दा बढी माओवादी छत्तीसगढमा मारिएका छन् । दशकौंदेखि चलिरहेको नक्सल आन्दोलनमा हालसम्म १० हजारभन्दा बढीको ज्यान गएको छ । नक्सलवादीहरूले यसलाई समाजमा सीमान्तकृत गरिब जनताको लडाइँ भनेका छन्। यस क्षेत्रको जग्गा, रोजगारी र प्राकृतिक स्रोतमा स्थानीय जनताको हिस्साका लागि माओवादीले यहाँ हिंसात्मक आन्दोलन गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन