राप्रपा बैठक
पूर्वराजालाई विवादमा नतानौँः राजेन्द्र लिङ्देन
शनिबार, १६ चैत २०८१, १८ : ५०
काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विवादमा नतान्न आग्रह गरेका छन् ।
शनिबार बसेको पार्टी कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै लिङ्देनले तीनकुने घटनालाई जोडेर पूर्वराजालाई विवादमा तान्न नहुने बताए । ‘हिजोको घटनालाई लिएर राजालाई राजनीतिमा तान्ने र जोड्ने काम भएको छ, त्यो गलत छ’, उनले दाबी गरे ।
तीनकुने घटनामा पूर्वराजालाई पक्राउ गरिनुपर्ने अभियान सामाजिक सञ्जाल प्रयोगकर्ताले चलाइरहेको बेला उनले यस्तो बताएका हुन् । उनले शान्तिपूर्ण घटना सरकारकै कारण हिंसात्मक बनेको जिकिर गर्दै छानबिन हुनुपर्ने पार्टीले निर्णय गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अष्ट्रेलियाले बिनायो टर्कीबिरुद्ध २ गोलको अग्रता
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण