शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

पलाँता पूर्णखोपमुक्त गाउँपालिका घोषणा

बिहीबार, २४ जेठ २०७५, ०८ : २३
बिहीबार, २४ जेठ २०७५

कालीकोट - जिल्लाको अति दुर्गम गाउँपालिकामध्ये रहेको पलाँता पूर्णखोपयुक्त गाउँपालिका घोषणा भएको छ । 

बुधबार एक कार्यक्रमका बीचमा जिल्ला स्वास्थ्य कार्यालय, कालीकोटको आयोजना तथा पलाँता गाउँपालिकाको समन्वयमा पूर्णखोपयुक्त गाउँपालिका घोषणा भएको हो । 

पलाँता गाउँपालिकाका साविकका गाविस खिन, थिर्पू र धोलागोहका सबै गाउँमा बालबालिकालाई खोपसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा भएको र खोपभन्दा बाहिर कोही नभई सम्पूर्ण सहभागी गराइएकाले पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मण बमले जानकारी दिए । 

यसअघि पचालझरना गाउँपालिकालाई पनि पूर्णखोप युक्त गाउँपालिका घोषणा भएको थियो । 

पलाँता गाउँपालिकाका दुई हजार सात घरधुरी रहेकोमा सात सय ५० बालबालिका खोपको पहुँचमा रहेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप