रविलाई भोलि हवाई मार्गबाट भैरहवा पठाइने
काठमाडौँ । काठमाडौँबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शनिवार भैरहवा पठाइने भएको छ । बुढानीलकण्ठस्थित हेपाली हाइटबाट पक्राउ परेका लामिछानेलाई शनिबार विमानमार्फत भैरहवा पठाइने प्रहरी प्रधान कार्यालयका कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
उनलाई आज भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिँदैछ । केन्द्रीय अनुसन्धान ब्युरोका एसपी सुधीरराज शाही र उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्ट नेतृत्वको प्रहरी टोली उनलाई पक्राउ गर्न उनको घरमा पुगेका थिए ।
शुक्रवार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन् ।
उच्चको आदेशसँगै लामिछाने पक्राउ परेका हुन् । यसअघि जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटीमा छाड्ने आदेश बदर भएको छ ।
बुटवलको सुप्रिम सहकारी प्रकरणमा रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी रकम मागेको आदेशमा चित्त नबुझाएर लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए । छुट्टीपछि लामिछानेलाई रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
-
असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण