एमाले रतुवामाईको अध्यक्षमा देवी दाहाल निर्वाचित
मोरङ । नेकपा एमाले रतुवामाई नगर कमिटीको अध्यक्षमा देवीप्रसाद दाहाल निर्वाचित भएका छन् । शनिबार भएको मतगणनामा दाहाल १५४ मतसहित निर्वाचित भएका हुन् । अध्यक्षका अर्का उम्मेदवार प्रकाशचन्द्र ढकालले ६६ मत ल्याए ।
पदाधिकारीका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेदवारहरुले आ-आफ्नो प्यानल बनाएका थिए । पदाधिकारीमा सबै दाहाल समूहका निर्वाचित भएका छन् । उपाध्यक्षमा याम प्रसाई १३४ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धि हरि श्रेष्ठले ८० मत ल्याए । सचिवमा नारायण ताजपुरीया निर्वाचित भएका छन् । उनले १५९ मत प्राप्त गर्दा सचिवका अर्का उम्मेदवार हेम कार्कीले ५३ मत पाए ।
यस्तै उपसचिवमा रामकुमार लिम्बू निर्वाचित भएका छन् । उनी ११० मतका साथ निर्वाचित हुँदा उनका निकटतम प्रतिूपर्धि रामकुमार राजवंशीले ४५ मत प्राप्त गरे । महिला उपसचिवमा भने दाहाल समूहकै सिता बर्देवा निर्विरोध निर्वाचित भएकी थिइन् ।
७५ सदस्यीय नगर कमिटीमा सदस्यहरु भने निर्विरोध निर्वाचित भएका छन् । नेताहरुले सर्वसम्मत नेतृत्व चयन गर्न प्रयास गरेपनि अन्तिम समयमा समूहगत प्रतिस्पर्धा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
-
६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
-
डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन
-
कङ्गोमा एक हजारभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
-
इरान युद्धलाई असफल ठान्छन् अधिकांश अमेरिकी
-
पौवादुङमा गाउँपालिकाले बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण