ट्रम्पको ‘ट्यारिफ’ घोषणाले विश्व शेयर बजार चौपट, सांघाई र हङकङमा कारोबार ढिला सुरु हुने
सोमबार, २५ चैत २०८१, ०६ : ०९

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अतिरिक्त भन्सार महसुल घोषणाको असर विश्व शेयर बजारमा परेको छ । केही दिनयता नराम्ररी प्रभावित भएको शेयर बजार सोमबार खुल्ने अपेक्षा गरिएको छ । तर, बजारमा उथल–पुथल मच्चिएको छ ।
टोकियोको स्टक एक्सचेन्ज सोमबार समयमै खुल्ने बताइएको छ भने चीनको सांघाई र हङकङमा एक घण्टा ढिला गरी कारोबार सुरु हुने बताइँदै छ । विश्व बजार प्रभावित हुँदा आइतबार पनि ट्रम्प प्रशासन र अधिकारीहरु भन्सार महसुल तथा ट्यारिफको बचाउमा उत्रिए । र, उनीहरुले ह्वाइट हाउसको व्यापार योजना अनुसार चल्ने बाचा यथावत राखे ।
अर्थ मामिलाका विज्ञहरुले ट्यारिफ उपभोक्ताका लागि भारी पर्ने र बजार मूल्य आकाशिने चेतावनी दिएका छन् । तर, ट्रम्पले बजारमा उथल–पुथल मच्चिदा समेत अमेरिकालाई ‘डटेर काम लिन’ भनी आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन