वैदेशिक रोजगार विभागका महानिर्देशक खत्री मन्त्रालय तानिए, भुसाल गए
काठमाडौँ । वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीको सरुवा गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै खत्रीलाई मन्त्रालय फिर्ता बोलाइएको हो । उनको ठाउँमा मन्त्रालयका सहसचिव जीवलाल भुसाललाई पठाइएको छ ।
गत बिहीबार मन्त्रालयले खत्रीलाई मन्त्रालय तानेर उनको ठाउँमा भुसाललाई पठाएको हो । वैशाख पहिलो साता अवकाश पाउन लागेका खत्री मन्त्रालय तानिएका हुन् । गत भदौमा गृह मन्त्रालयबाट श्रम मन्त्रालयमा सरुवा भएर आएका खत्रीलाई विभागको महानिर्देशक बनाएर पठाएको थियो ।
तत्कालीन महानिर्देशक डण्डुराज घिमिरेलाई समेत मन्त्रालय झिकाएर खत्रीलाई पठाइएको थियो । घिमिरे हाल प्रधानमन्त्री तथा रोजगार कार्यक्रमको राष्ट्रिय कार्यक्रम निर्देशक तथा प्रवक्ताको रूपमा मन्त्रालयमै काम गर्दै आएका छन् ।
विभाग गएको ८ महिनामै खत्रीको सरुवा गरेर मन्त्रालय झिकाइएको हो । यसअघि घिमिरेको समेत ८ महिनामै विभागबाट सरुवा गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण