वैदेशिक रोजगार विभागका महानिर्देशक खत्री मन्त्रालय तानिए, भुसाल गए

काठमाडौँ । वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीको सरुवा गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै खत्रीलाई मन्त्रालय फिर्ता बोलाइएको हो । उनको ठाउँमा मन्त्रालयका सहसचिव जीवलाल भुसाललाई पठाइएको छ ।
गत बिहीबार मन्त्रालयले खत्रीलाई मन्त्रालय तानेर उनको ठाउँमा भुसाललाई पठाएको हो । वैशाख पहिलो साता अवकाश पाउन लागेका खत्री मन्त्रालय तानिएका हुन् । गत भदौमा गृह मन्त्रालयबाट श्रम मन्त्रालयमा सरुवा भएर आएका खत्रीलाई विभागको महानिर्देशक बनाएर पठाएको थियो ।
तत्कालीन महानिर्देशक डण्डुराज घिमिरेलाई समेत मन्त्रालय झिकाएर खत्रीलाई पठाइएको थियो । घिमिरे हाल प्रधानमन्त्री तथा रोजगार कार्यक्रमको राष्ट्रिय कार्यक्रम निर्देशक तथा प्रवक्ताको रूपमा मन्त्रालयमै काम गर्दै आएका छन् ।
विभाग गएको ८ महिनामै खत्रीको सरुवा गरेर मन्त्रालय झिकाइएको हो । यसअघि घिमिरेको समेत ८ महिनामै विभागबाट सरुवा गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
इटालियन सिरी’ए : तेस्रो स्थानको एटलान्टा विजयी
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
गाजा दहमा बन्यो पर्यटकीय पूर्वाधार
-
पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु