प्रधानमन्त्री ओलीले आज मधेस प्रदेशसभालाई सम्बोधन गर्दै
मङ्गलबार, २६ चैत २०८१, ०८ : २५
जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मधेस प्रदेशसभालाई सम्बोधन गर्दै छन् । सबै प्रदेशमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम अन्तर्गत आज मधेस प्रदेशसभा सम्बोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्री ओलीले प्रदेशसभाबाट सम्बोधन गर्ने भएपछि त्यसको तयारी भव्य रूपमा गरिएको छ । बाहिर गेट बनाउनेदेखि लिएर सभाहलमा कार्पेट लगाउने कामसमेत भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
मंगलबार मधेस प्रदेशसभामा प्रधानमन्त्री ओलीले साढे ११ बजेदेखि सम्बोधन गर्ने कार्यतालिका रहेको सभामुख रामचन्द्र मण्डलले बताए । ओली बिहान साढे १० बजे हेलिकप्टरमार्फत जनकपुर आउने सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली जनकपुर विमानस्थलबाट प्रदेशसभामा पुग्ने र सम्बोधनपछि सिरहामा हुने आमसभामा जाने तालिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मुन्ना भाई एमबीबीएस’ र ‘३ इडियट्स’ को सीक्वलबारे निर्देशक हिरानी के भन्छन् ?
-
२५ लाख रुपैयाँ मुनिका योजना नल्याउने सुदूरपश्चिम सरकारको निर्णय कागजमै सीमित
-
‘नेपाल–स्पेन बिजनेस फोरम २०२६’ सम्पन्न : व्यापार र लगानी सहकार्य बढाउन जोड
-
काँकरभिट्टा नाकामा एकीकृत जाँच एकाइ पुनः सञ्चालन
-
सुदूरपश्चिम प्रदेश : बजेट नसच्याए सरकार छाड्ने एमालेको चेतावनी
-
रास्वपा महाधिवेशनः मतदान भोलि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण