मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

भक्तपुरमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी

मङ्गलबार, ०९ असार २०८३, ११ : ३८
मङ्गलबार, ०९ असार २०८३

सारांश

  • भक्तपुरमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा सुनसरी घर भई हाल भक्तपुरको गठ्ठाघर बस्ने ३८ वर्षीय भीमबहादुर राई छन्।
  • राईविरुद्ध बालिकालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेपछि अनुसन्धान सुरु गरिएको छ।

भक्तपुर। ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई सोमबार राति पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा हाल भक्तपुरको गठ्ठाघर बस्ने सुनसरीको धरान उपमहानगरपालिका-४ घर भएका ३८ वर्षीय भीमबहादुर राई रहेका छन्।

राईले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो। उक्त उजुरीका आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। 

पक्राउ परेका राईमाथि हिरासतमा राखेर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप