मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
राजनीति

सुदूरपश्चिम प्रदेश : बजेट नसच्याए सरकार छाड्ने एमालेको चेतावनी

मङ्गलबार, ०९ असार २०८३, १३ : २२
मङ्गलबार, ०९ असार २०८३

सारांश

  • सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा संशोधन नभए सरकारबाट बाहिरिने नेकपा (एमाले) ले चेतावनी दिएको छ ।
  • एमाले प्रदेश कमिटीको ११औँ पूर्ण बैठकले बजेट विनियोजन एकलौटी भएको र यसमा गम्भीर असहमति रहेको जनाएको छ ।
  • माग पूरा नभए संयुक्त सरकारमा सहभागी भइरहन नसक्ने स्पष्ट पार्दै एमालेले बजेटले संयुक्त सरकारको भावनालाई लत्याएको निष्कर्ष निकालेको छ ।

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर सत्ता साझेदार दल नेकपा (एमाले) ले आपत्ति जनाएको छ । 

धनगढीमा सम्पन्न एमाले प्रदेश कमिटीको ११औँ पूर्ण बैठकले सरकारले ल्याएको बजेटमा आवश्यक संशोधन नगरिए सरकारबाटै बाहिरिने चेतावनी दिएको हो ।

पार्टीका प्रदेश उपसचिव एवं प्रचार विभाग प्रमुख भागरथी विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बजेट विनियोजन गर्दा एकलौटी ढङ्गले अघि बढ्न खोजिएको छ, यसमा हाम्रो गम्भीर असहमति छ ।’

बैठकले बजेट संशोधनका लागि आफ्नो संसदीय दललाई आवश्यक निर्देशन दिने र माग पूरा नभए संयुक्त सरकारमा सहभागी भइरहन नसक्ने स्पष्ट पारेको छ ।

एमाले सुदूरपश्चिमले सरकारले बजेट ल्याउँदा संयुक्त सरकारको भावना, साझा नीति तथा कार्यक्रम र आपसी सहमतिलाई पूर्णतः लत्याएको निष्कर्ष निकालेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप