एक रातमै सीमित भयो वैवाहिक जीवन, एकाबिहानै नववधूको मृत्यु
मङ्गलबार, २६ चैत २०८१, १० : २९
काठमाडौँ । बिहेपछि जीवनको नयाँ अध्याय सुरु हुन्छ । कतिपयको हकमा दाम्पत्य जीवन राम्ररी अनुभूति नै गर्न नपाउँदै दुखान्तमा परिणत भइसकेको हुन्छ ।
यस्तै अपवादको एउटा घटना भारतमा भएको हो । बिहार राज्यको वैशालीमा मंगलबार बिहान एक नववधूसहित चार जनाको मृत्यु भएको छ ।
मंगलबार बिहान जंदाहा–समस्तीपुर मेन रोडमा पर्ने पनसलवा चोक नजिकै एउटा कार र ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा चार जनाको मृत्यु र तीन जना घाइते भएका छन् ।
मृतकमा नववधू पनि रहेको बताइएको छ । विवाह सकेर बेहुली लिएर फर्किएको गाडी दुर्घटना भएको हो । अघिल्लो दिन बिहे गरेर बेहुलीसहित घर फर्किंदै गरेको अवस्थामा एकाबिहानै कार दुर्घटनामा परेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण