तीन सन्तानकी आमाले १२ कक्षा पढ्दै गरेका ‘प्रेमी’सँग गरिन् बिहे
काठमाडौँ । प्रेमले जात, धर्म, उमेर हेर्दैन भनिन्छ । यही मान्यताको एउटा उदाहरणस्वरुप पछिल्लो घटना प्रकाशमा आएको छ ।
भारतको उत्तर प्रदेश राज्यको अमरोहामा तीन सन्तानकी आमाले १२ कक्षा पढ्दै गरेका एक युवकसँग प्रेममात्र गरिनन्, पति र तीन सन्तानलाई छाडेर प्रेमीसँग विवाहसमेत गरेकी छन् ।
शबनम नाम गरेकी ती महिलाले शिवा नाम गरेका युवकसँग प्रेमविवाह गरेकी हुन् । उनीहरू एउटै टोलमा बस्दै आएका थिए ।
आफूहरू बालिग रहेको भन्दै उनीहरूले आफ्नो निजी जीवनमा हस्तक्षेप नगर्न पनि आह्वान गरेका छन् ।
त्यसो त, उनीहरू प्रेम सम्बन्धमा रहेको खुलासा भएपछि गाउँमै भद्रभलाद्मीहरूसहितको ‘पञ्चायत’ बैठक राखिएको थियो । उक्त बैठकले सम्बन्धित महिलालाई आफ्नो खुसी अनुसार जीवन जिउने अधिकार रहेको भन्दै हस्तक्षेप नगर्ने निधो गरेको थियो ।
२६ वर्षीय शबनमले पतिसँग सम्बन्ध विच्छेद गर्नुका साथै प्रेमीसँग विवाह गरिसकेको बताइएको छ । प्रेमीसँग आफ्नो धर्म नमिलेपछि उनले धर्मान्तरण गरी नामसमेत परिवर्तन गरेर ‘शिवानी’ राखेको बताइएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार ती महिलाको यो तेस्रो विवाह हो । यसअघि उनले पहिलो विवाह अलिगढका एक पुरुषसँग गरेकी थिइन् । केही समयमा उनले दोस्रो विवाह गरेकी थिइन् । अहिले उनले तेस्रो विवाह गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण