छोरीले ‘इङ्गेजमेन्ट’ गरेको केटासँग आमा फरार
काठमाडौँ । छोरीको विवाह आगामी वैशाख ३ गते हुने निधो भएको थियो । विवाहका लागि आवश्यक तयारी चलिरहेको समयमा छोरीले ‘इङ्गेजमेन्ट’ गरेको केटासँग आमा नै फरार भएको घटना प्रकाशमा आएको छ ।
यो घटना भारतको उत्तर प्रदेश राज्यको अलीगढ जिल्लामा भएको हो । जितेन्द्र नाम गरेका व्यक्तिले आफ्नी पत्नी घरबाट भागेको भन्दै प्रहरीमा उजुरी दिएका छन् । उनले नगद तथा गहनासमेत लिएर पत्नी फरार भएको जनाएका हुन् ।
जितेन्द्रलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार उनकी छोरीको विवाह गर्ने तयारी चलिरहेको थियो । छोरीले ‘इङ्ग्जेमेन्ट’ गरेकै केटासँग आफ्नी पत्नी फरार भएको उनको भनाइ छ ।
उनले पत्नीको खोजीका लागि प्रहरी समक्ष गुहार मागिरहेका छन् । अर्कोतिर उनकी छोरी सो घटनापछि बिरामी भएर अस्पतालमा भर्ना भएकी छन् ।
पीडित युवतीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यम ‘आजतक’ले आफ्नो अनलाइन संस्करणमा लेखेको छ, ‘मेरै आमा नै मेरो खुसीको दुश्मन बनेको भनेर मलाई विश्वास नै लागिरहेको छैन । यद्यपि मेरो सपना चकनाचुर भयो ।’
पारिवारिक स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार पीडित युवतीकी आमाले नै हुनेवाला ज्वाइँलाई एउटा स्मार्टफोन उपलब्ध गराएकी थिइन् । उनीहरू दैनिक घण्टौँसम्म कुराकानी गर्ने गरेको बताइन्छ ।
यसै क्रममा उनीहरूबिच प्रेम सम्बन्ध बनेर विवाहका लागि भागेको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण