आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय

रुसको तर्फबाट १५५ चिनियाँ सैनिक युक्रेनसँग लडिरहेको जेलेन्स्कीको दाबी

बिहीबार, २८ चैत २०८१, १० : ११
बिहीबार, २८ चैत २०८१

किभ । रुसको तर्फबाट १५५ जना चिनियाँ सैनिक युक्रेनमा लडिरहेको आरोप युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले लगाएका छन् । आफ्नो सेनाले पूर्वी डोनेट्स्क क्षेत्रमा लडिरहेका दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको दाबी युक्रेनले गरेको छ ।

यसको एक दिन पछि, युक्रेनी राष्ट्रपतिले रुसको तर्फबाट युक्रेनमा लडिरहेका १५० भन्दा बढी चिनियाँ नागरिकहरूबारे आफूसँग जानकारी भएको दाबी गरेका छन् । 

‘युद्धमा चिनियाँ नागरिकहरूको संलग्नताले रुसले युद्ध बढाउन चाहन्छ भन्ने कुरा स्पष्ट रूपमा देखाउँछ ।’ जेलेन्स्कीले भने । युक्रेनी युद्धबन्दीहरूको सट्टामा पक्राउ परेका चिनियाँ नागरिकहरूलाई रिहा गर्ने प्रस्ताव पनि उनले गरेका छन् ।

‘यो रुसको दोस्रो गल्ती हो । पहिलो गल्ती उत्तर कोरियाली सेनालाई युद्धमा संलग्न गराउनु थियो । उनीहरूले यस लडाइँमा देशहरूलाई तानिरहेका छन्, र अब मलाई लाग्छ रुस चीनलाई पनि यस लडाइँमा संलग्न गराउन चाहन्छ ।’ जेलेन्स्कीले भनेका छन् । 

रुसी सेनालाई सघाउन उत्तर कोरियाले गएको वर्ष आफ्ना १० हजारभन्दा बढी सैनिक युक्रेन पठाएको युक्रेन र पश्चिमी देशहरूले बताएका थिए । रुसको तर्फबाट लडिरहेका चिनियाँ सैनिकबारे पनि जेलेन्स्कीले चिन्ता व्यक्त गरेका छन् ।

युक्रेनी सीमामा रुसको तर्फबाट लडिरहेका १५५ भन्दा बढी चिनियाँ नागरिकहरूको नाम र राहदानी विवरण आफूसँग रहेको उनले बताए ।  यी बाहेक त्यहाँ धेरै अन्य चिनियाँ सैनिक हुन सक्ने पनि उनले बताए । तर चीनले भने युक्रेनी राष्ट्रपतिको दाबी अस्वीकार गरेको छ । युक्रेनको दाबीको अनुसन्धान गरिरहेको चीनको विदेश मन्त्रालयले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप