आजबाट दोस्रो राष्ट्रिय हर्टिकल्चर एक्स्पो
काठमाडौँ । आजबाट काठमाडौँको भृकुटीमण्डपमा दोस्रो राष्ट्रिय हर्टिकल्चर एक्स्पो सुरु भएको छ । सो एक्स्पो आजदेखि ३१ गतेसम्म चल्ने बताइएको छ ।
समग्र नर्सरी क्षेत्रको एकीकृत महाकुम्भ मेलाको रूपमा यस वर्षदेखि पुष्प, फलफूल, कृषि वन तथा जडीबुटी नर्सरीका व्यावसायिक उत्पादनहरूको बृहत् प्रदर्शनी रहेको एक्स्पो आयोजक नर्सरी व्यवसायी संघ नेपालले जनाएको छ ।
एक्स्पोमा देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि बन नर्सरी तथा जडीबुटी नर्सरीको सात सयभन्दा बढी प्रजातिका बोटबिरुवा प्रदर्शन तथा बिक्रीमा छन् । यसका साथै मलखाद, अर्ग्यानिक एवं रासायनिक विषादी, बिउ विजन, गमला, औजार उपकरण तथा प्रविधिहरूको समेत स्टल रहने छ ।
यसपटक उपत्यका बाहिरका नर्सरी ब्यवसायीहरुको समेत सहभागिता र स्टल रहने आयोजकले जनाएको छ । देशैभरका उत्पादन बारेमा जानकारी पनि लिइने आयोजकले विश्वास लिएको सङ्घका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले बताए ।
अध्यक्ष तिमिल्सिनाका अनुसार एक्स्पोमा कम्तीमा ५१ हजार अवलोकन कर्ताले अवलोकन गर्ने साथै १ करोड २५ लाख भन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा सङ्घको छ । मेला अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्कप्रति व्यक्ति एक सय रुपैयाँ र विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि प्रति व्यक्ति ५० रुपैयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण