शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

टीकाको गीतसंग्रह ‘माटोको सुगन्ध’ लोकार्पण

शुक्रबार, २९ चैत २०८१, १२ : ०८
शुक्रबार, २९ चैत २०८१

काठमाडौँ । गीतकार टीका भट्टराई नेपालको गीतसंग्रह ‘माटोको सुगन्ध’ लोकार्पण गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रम बिच कृतिको लोकार्पण गरिएको हो । 

गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, अमर भावना राष्ट्रिय स्रष्टा सम्मान अक्षय कोषका संरक्षक गीतकार अमर वान्तु, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज तथा अनेसास ट्रष्टकी पूर्व अध्यक्ष साहित्यकार गीता खत्री, संगीतकार राजु सिंह र गीतकार रविन्द्र आशिष शैली लगायतले कृतिको सामूहिक लोकार्पण गरेका थिए । 

कार्यक्रममा स्रष्टा टिकाले कृति पाठकमाझ ल्याउँदाका अनुभव सुनाउँदा कृतिको समीक्षात्मक टिप्पणी गीतकार संघका पूर्व सचिव सुशीला पौडेलले गरिन् ।

गीतकार संघका अध्यक्ष थापाले मोफसलमा रहेर पनि भट्टराईले निरन्तर आफूलाई लेखन कार्यमा सक्रिय राख्नु आफैँमा गौरवको विषय भएको बताए । उनले  संघले केन्द्रमा मात्र नभएर मोफसलमा रहेका गीतकारहरुलाई पनि का साथै विदेशमा रहनुभएका गीतकारका सृजना बाहिर ल्याउने गरेको जानकारी दिए ।

झापाको कनकाइ नगरपालिका–३ की स्रष्टा टीकाको  लोकार्पित कृति छैटौँ गीति संग्रह हो । संंग्रहमा १११ वटा गीतहरु रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप