कविता
राष्ट्र पुकार
सोमबार, ०१ वैशाख २०८२, १० : ४५
ए मेरो प्यारो देश तिमीलाई
नयाँ वर्षको शुभकामना गर्छु म
तिमी सदैव जाग्रत र जीवन्त रहे
प्रभुसित अनुदिन यही गुहार गर्छु म ।
लाग्दछ धेरै अस्वस्थ छौँ तिमी
के उपचार गरौँ हँ, तिमीलाई ?
मलाई अत्यन्त पीडा भइरहेछ
कि आहुति दिउँ कि आज स्वयंलाई ।
तिम्रो नाडीको विचार गर्छु ता
त्रिदोषले ग्रस्त पाउँछु तिमीलाई
भित्रको डाह भतभती पोल्दो हो
मुक्त गरुँ म कसरी तिमीलाई ।
राजाहरूलाई पोस्दा–पोस्दा
म दरिद्र भइसकेकी छु कविराज
इनले सर्वस्व स्वाहा पारिसके
र पनि ओढार ता रित्तै छ जहिले ।
आफ्नै डम्फु बजाउनेहरु त
मेरा ठुला शत्रु जान्नुपर्छ
जसले निस्सासिरहेछ मेरो प्राण
मेरो मुटुको व्यथा त बुझ्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण