आईसीसी यू–१९ विश्वकप छनोट : युवराजको फाइफरसामु निरीह बन्यो ओमान
काठमाडौँ । आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटको एसियाली क्षेत्रको छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले ओमानमाथि ८ विकेटको शानदार जित हात पारेको छ । ओमनले प्रस्तुत गरेको १ सय १८ रनको लक्ष्य नेपालले १४.३ ओभरमा २ विकेटको क्षतिमा पछ्यायो ।
नेपाललाई ओपनरद्वय साहिल पटेल र नीरज कुमार यादवले उत्कृष्ट सुरुवात दिलाए । पटेलले ४२ बलमा ४४ रन जोडे । उनले ३ चौका र १ छक्का प्रहार गरे । यादवले ३१ बलमा ५ चौका र २ छक्काको मद्दतले ४६ रन जोडे ।

कप्तान नरेन भट्टले नटआउट रहँदै १२ तथा सन्तोष यादवले नटआउट रहँदै १० रन बनाएर टोलीलाई जितसम्म डोर्याए । ओमानका लागि दुवै विकेट सौम्य भविन सम्पतले लिए ।
यसअघि, युवराज खत्रीको घातक बलिङसामु ओमान निरीह बनेको थियो । ओमानले ३८ ओभरमा सबै विकेट गुमाएर ११७ रन मात्र बनाउन सक्यो ।

टोलीका लागि जित व्रजेश शाहले सर्वाधिक ५२ रनको योगदान दिए । उनले ७८ बलमा ६ चौका प्रहार गरे । सिद्धार्थ सौम्य शंकरले १६ रन तथा प्रथयेश हेमा रमेशले १० रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
युवराजले ७ ओभर बलिङ गर्दै १५ रन खर्चेर ५ विकेट लिए । त्यस्तै, सन्तोष यादवले २ विकेट तथा दयानन्द मण्डल, अपराजित पौडेल र अशोक धामीले १–१ विकेट लिए ।
नेपालले पहिलो खेलमा यूएईलाई ५ रनले हराएको थियो । वर्षाले प्रभावित खेलमा खराब प्रकाशका कारण अम्पायरले डी/एल मेथडबाट नेपाललाई विजेता घोषित गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण