वीरगञ्जमा रिपोर्टिङ गर्न गएका दुई पत्रकार घाइते
मङ्गलबार, ०२ वैशाख २०८२, २१ : २७
काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि भएको प्रदर्शनको समाचार संकलन गर्ने क्रममा दुई पत्रकार घाइते भएका छन् । मंगलबार पर्सा प्रहरीले धार्मिक सद्भाव बिथोल्ने चार जनालाई पक्राउ गरेको थियो ।
आफ्ना समुदायका मानिसहरूलाई प्रहरीले विनाकारण पक्राउ गरेको भन्दै जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि प्रदर्शनमा भएको थियो ।
सोही विषयमा समाचार संकलन गर्ने पुगेका स्थानीय पत्रकार अर्जुन गुप्ता र अनिल ओझा घाइते भएका प्रहरीले जनाएको छ ।
उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
प्रदर्शन हुन थालेपछि व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
यसअघि प्रशासनले दुई समुदायबिच सद्भाव भड्किन थालेको भन्दै र वीरगञ्जमा कर्फ्यु लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अष्ट्रेलियाले बिनायो टर्कीबिरुद्ध २ गोलको अग्रता
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण