बिहीबार, १८ वैशाख २०८२
ताजा लोकप्रिय

गौतम डब्लुएचओ सल्लाहकार समितिको उपाध्यक्ष नियुक्त

बिहीबार, ०४ वैशाख २०८२, २१ : ३४
बिहीबार, ०४ वैशाख २०८२

लन्डन । बेलायतमा कार्यरत जनस्वास्थ्यविद् डा.ओमप्रसाद गौतम विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सल्लाहकार समिति (एड्भाजरी कमिटी) को उपाध्यक्षमा चयन  भएका छन्। विश्वका १५ मुलुकबाट जनस्वास्थ्य, मनोविज्ञान, मानवशास्त्र, अर्थशास्त्र लगायतका विभन्न सामाजिक तथा व्यवहारगत विज्ञान क्षेत्रका अनुभवी तथा दक्ष विज्ञहरुलाई डब्लुएचओले चयन गरेको हो ।

१६ जना विज्ञ अन्तर्गत पर्न सफल भएका गौतम स्वास्थ्यका लागि व्यवहारगत विज्ञानका क्षेत्रमा सल्लाह दिने डब्लुएचओ प्राविधिक सल्लाहकार समितिको उपाध्यक्ष नियुक्त भएका हुन् । संसारभरका विभिन्न ७१ मुलुकबाट प्राप्त ३ सय ४० आवेदनबाट विज्ञता र दक्षताका आधारमा १६ जना सल्लाहकार नियुक्त गरिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

डा.गौतम उपाध्यक्ष नियुक्त भएको यो प्राविधिक सल्लाहकार समितिले स्वतन्त्र (इन्डिपेन्डेन्ट) रुपमा विश्व स्वास्थ्य संगठनलाई सल्लाह दिने गर्छ । समितिले स्वास्थ्यका लागि व्यवहारगत विज्ञानका क्षेत्रमा विश्व स्वास्थ्य संगठनको प्रतिवद्धता कार्यान्वयन गर्न तथा योजना र कार्यक्रमहरुको प्रभावकारिता बढाउन नीतिगत सल्लाहका साथै वैज्ञानिक तथा प्राविधिक सल्लाह उपलब्ध गराउँछ ।

आगामी दुई वर्षे कार्यकालका लागि गठित समितिमा नियुक्त हुने उपाध्यक्ष डा.गौतम एक्ला नेपाली विज्ञ हुन् । बेलायतमा रहेर जनस्वास्थ्यका क्षेत्रमा कार्यरत उनी उक्त जिम्मेवारी प्राप्त गर्ने सम्भवतः पहिलो नेपाली हुन्। जनस्वास्थ्यका क्षेत्रमा विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा उनले २२ वर्षभन्दा लामो अनभुव बटुलेका छन् । हाल उनी वाटर एड यूकेको हाइजिन लिडका रुपमा कार्यरत छन् ।

लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनबाट पिएचडी गरेका डा.गौतमले बंगलादेशबाट पब्लिक हेल्थ र नेपालको त्रिभुवन विश्वविद्यालयबाट सामाजिक विज्ञानमा स्नातकोत्तर पूरा गरेका छन्।उनले बेलायत र युरोपस्थित केही विश्वविद्यालयमा अतिथि लेक्चररका रुपमा समेत काम गर्ने गरेका छन्।

विश्व स्वास्थ्य संगठनको सल्लाहकार समिति उपाध्यक्ष नियुक्त डा गौतमले प्राप्त जिम्मेवारीलाई न्याय गर्ने गरी योगदान गर्ने अठोट व्यक्त गरेका छन् । विश्व स्वास्थ्य संगठनजस्तो प्रतिष्ठित ग्लोबल निकायको सल्लाहकार समितिमा रहेर काम गर्ने अवसरलाई मैले गौरवका रुपमा लिएको र मेरो अनुभव र ज्ञानलाई सदुपयोग गर्दै सक्दो योगदान दिने कोशिस गर्ने डा.गौतमले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप