९ महिनामा १४ खर्बको व्यापार हुँदा व्यापार घाटा ११ खर्ब नाघ्यो
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म (९ महिना) मा आयात निर्यात दुवै बढेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । तर आयात निर्यात बढे पनि गत वर्षको तुलनामा देशको व्यापार घाटा बढेको छ ।
विभागकाअनुसार २०८१/८२ को चैत मसान्तसम्म १४ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँ बराबरको वस्तु व्यापार भएको छ । अघिल्लो वर्ष २०८०/८१ को सोही अवधिमा १२ खर्ब ८१ अर्ब ३१ करोड रुपैयाँ बराबरको व्यापार भएको छ ।
यसअनुसार गत वर्षको तुलनामा चालु वर्षमा १६.८९ प्रतिशतले वैदेशिक व्यापारमा वृद्धि भएको छ । यो अवधिमा १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ, भने १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । अघिल्लो वर्षको यसै अवधिमा ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँको आयात भएको थियो, भने १ खर्ब ३९ अर्ब ४६ करोड रुपैयाँको निर्यात भएको थियो ।
गत वर्षको तुलनामा चालु वर्षमा आयात १२.१८ प्रतिशतले वृद्धि भएको देखिन्छ भने निर्यात ६५ प्रतिशतले वृद्धि भएको देखिन्छ ।
आयात निर्यात बढ्दा देशको कुल व्यापार घाटा पनि बढेको छ । चालु वर्षको ९ महिनामा ११ खर्ब २१ अर्ब ३३ करोड रुपैयाँ बराबर व्यापार घाटा देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा १० खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँ बराबर व्यापार घाटा रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण