कृष्णभिरबाट मोटरसाइकल सहित त्रिशुलीमा खसेका युवकको मृत्यु
सोमबार, ०८ वैशाख २०८२, १२ : ५९
काठमाडौँ । धादिङको बेनिघाठ रोराङ गाउँपालिका–७ स्थित कृष्णभिरबाट त्रिशुलीमा खसेका युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलीको तीनपाटन गाउँपालिका–९ घर भएका २७ वर्षीय मिनबहादुर तामाङ छन् ।
आइतबार साँझ काठमाडौं आउँदै गरेका तामाङ बागमती प्रदेश–०५४ प ४०५४ नम्बरको आरटिआर मोटरसाइकल सहित त्रिशुलीमा खसेका थिए ।
सडकबाट २ सय मिटर तल खसेर अचेत भएका तामाङलाई प्रहरीले उद्धार गरेर धादिङको गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पठाएको थियो । उपचारको क्रममा सोमबार उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण