शनिबार, २७ वैशाख २०८२
ताजा लोकप्रिय

ड्राइभरको असफलताको भारी खलासीलाई बोकाउन खोजियो : पूर्व शिक्षामन्त्री खनाल

मङ्गलबार, ०९ वैशाख २०८२, ०९ : ४५
मङ्गलबार, ०९ वैशाख २०८२

काठमाडौँ । शिक्षकहरूको निरन्तर आन्दोलनबिच शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाबारे विभिन्न कोणबाट बहस भइरहेका छन् । यसैबिच पूर्व शिक्षामन्त्रीसमेत रहेका रास्वपा सांसद शिशिर खनालले यतिबेला शिक्षामन्त्रीलाई ‘बलिको बोको’ बनाइएको टिप्पणी गरेका छन् ।

खनालका अनुसार आन्दोलनरत शिक्षकहरूको माग धेरै माग शिक्षा मन्त्रालय वा शिक्षामन्त्रीले मात्र पूरा गर्न नसक्ने खालका रहेको जिकिर गरेका छन् । शिक्षक, कर्मचारीहरूको धेरै विषय आर्थिक पक्षसँग जोडिएको उनको भनाई छ । 

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘अर्थ मन्त्रालय र प्रधानमन्त्रीको सहयोग बिना सम्भव नै छैन । तीनै मन्त्रालय एउटै पार्टीका छन् तर अहिले हेर्दा ‘बलिको बोको’ शिक्षामन्त्रीलाई बनाइँदै छ ।’ 

प्रधानमन्त्रीसँग छलफल गरेर गएर पनि शिक्षक आश्वस्त हुन नसकेपछि आन्दोलन गरिरहेको उनको जिकिर छ । उनी लेख्छन्, ‘ड्राइभरको असफलताको भारी खलासीलाई बोकाउन खोजेको जस्तो भयो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप