ड्राइभरको असफलताको भारी खलासीलाई बोकाउन खोजियो : पूर्व शिक्षामन्त्री खनाल
काठमाडौँ । शिक्षकहरूको निरन्तर आन्दोलनबिच शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाबारे विभिन्न कोणबाट बहस भइरहेका छन् । यसैबिच पूर्व शिक्षामन्त्रीसमेत रहेका रास्वपा सांसद शिशिर खनालले यतिबेला शिक्षामन्त्रीलाई ‘बलिको बोको’ बनाइएको टिप्पणी गरेका छन् ।
खनालका अनुसार आन्दोलनरत शिक्षकहरूको माग धेरै माग शिक्षा मन्त्रालय वा शिक्षामन्त्रीले मात्र पूरा गर्न नसक्ने खालका रहेको जिकिर गरेका छन् । शिक्षक, कर्मचारीहरूको धेरै विषय आर्थिक पक्षसँग जोडिएको उनको भनाई छ ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘अर्थ मन्त्रालय र प्रधानमन्त्रीको सहयोग बिना सम्भव नै छैन । तीनै मन्त्रालय एउटै पार्टीका छन् तर अहिले हेर्दा ‘बलिको बोको’ शिक्षामन्त्रीलाई बनाइँदै छ ।’
प्रधानमन्त्रीसँग छलफल गरेर गएर पनि शिक्षक आश्वस्त हुन नसकेपछि आन्दोलन गरिरहेको उनको जिकिर छ । उनी लेख्छन्, ‘ड्राइभरको असफलताको भारी खलासीलाई बोकाउन खोजेको जस्तो भयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण